आफूहरु भन्दा नेटो राष्ट्र भित्रभित्रै कमजोर रहेछन् : राष्ट्रपति जेलेन्स्की

 फागुन २१, २०७८ शनिबार ८:२३:३० | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोले युक्रेनी आकाशलाई उडान निषेधित क्षेत्र घोषणा गर्न युक्रेनले गरेको आग्रहलाई अस्वीकार गरेको छ ।

नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले उडान निषेधित क्षेत्र कार्यान्वयन गरेमा नेटो सैनिक विमानलाई युक्रेनको आकाशमा पठाउन नसक्ने भएकाले अप्रिय निर्णय गर्नुपरेको बताउनुभएको बीबीसीमा उल्लेख छ। तर युक्रेनलाई आवश्यक अरु विभिन्न सहयोगलाई निरन्तरता दिने उहाँको भनाइ छ ।

यो निर्णय लगत्तै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सैन्य गठबन्धन नेटोको कडा आलोचना गर्नुभएको छ । नेटोले नियतवश युक्रेनको आकाश प्रतिबन्धित गर्न नचाहेको र यसबाट आफूहरु भन्दा नेटो राष्ट्र भित्रभित्रै कमजोर रहेछन् भन्ने सावित भएको उहाँको टिप्पणी छ । उहाँले युक्रेन यो युद्धबाट जोगिएन भने, पूरै युरोप पनि नजोगिने चेतावनी समेत दिनुभएको बीबीसीले जनाएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेको आज दशौँ दिन हो । हिजो रुसले युरोपकै सबैभन्दा ठूलो भनिएको जापोरिज्यामा रहेको परमाणु केन्द्र कब्जा गरेको छ । मुख्य सहरमा आक्रमणका घटना रोकिएका छैनन् ।
 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया