रुसद्वारा युक्रेनका दुई वटा सहरमा अस्थायी युद्धविराम

 फागुन २१, २०७८ शनिबार १४:७:५९ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

रुसले युक्रेनका दुई वटा सहरमा अस्थायी युद्धविराम घोषणा गरेको छ । मानवीय सहायताका लागि भन्दै रुसले मरिपोल र भोल्नोभाखाकामा अस्थायी युद्धविराम घोषणा गरेको बीबीसीले जनाएको छ ।

ती सहरबाट सर्वसाधरणलाई निस्कन सहज गर्न युक्रेनी अधिकारीहरूसँग सहमति गरेको रुसी रक्षा मन्त्रालयलाई उदृत गर्दै रुसी सञ्चारमाध्ययमहरुले जनाएका छन् । दुवै देशका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायतका लागि करिडोर खुला गरिने सहमति भएको थियो । झण्डै चार लाख ५० हजार जनसंख्या रहेको मरिपोलमा युक्रेनको मुख्य व्यापार बन्दरगाह रहेको छ । यो सहर रुस–क्राइमिया सडक मार्गमा पर्छ । त्यहाँ रुसले युक्रेनमा आक्रमण शुरु गरेदेखी नै ठूला मुठभेड भइरहेको छ, रुसले यो सहर कब्जामा लिएकाे छ । भोल्नोभाखा भने कमै परिचित सानो सहर हो । रुसी रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर युक्रेनका सर्वसाधरणलाई खतरा हुने खालका गतिविधि नगरेको दाबी गर्दै सैन्य संरचनामा मात्रै आक्रमण गरिएको बताएको छ ।  

रुसले युक्रेनमा आक्रमण गरेको दश दिन भएको छ । रुसी आक्रमण शुरु भएपछि १० लाख भन्दा धेरै मानिस युक्रेनबाट पलायन भएका संयुक्त राष्ट्रसंघले जनाएको छ । रुसी आक्रमणबाट खेअर्सन सहरका धेरैजसो संरचनाहरु ध्वस्त भएका बीबीसीले जनाएको छ । राजधानी किभ र दोस्रो ठूलो सहर खार्किभमा पनि ठूला ठूला लडाइँ भएका छन् । मरिपोलको दक्षिणी बन्दरगाह रुसी सेनाको कब्जामा छ भने ओडेसामा पनि आक्रमण भएको छ ।

युरोपको सबैभन्दा ठूलो पारमाणविक ऊर्जा केन्द्र रुसले कव्जा गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशमा नो–फ्लाई जोन लागू गर्न प्रस्ताव गरेको भए पनि अस्वीकार गरेपछि उहाँले पश्चिमा देशहरुको आलोचना गर्नुभएको छ ।

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया