रुस–युक्रेन युद्धका बारेमा स्पष्ट अडान लिन भारतमाथि दबाब

 फागुन २२, २०७८ आइतबार १४:५१:११ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

रुस–युक्रेन युद्धका बारेमा स्पष्ट अडान लिन भारतमाथि दबाब बढ्दै गएको छ । दुई देशबीचको सङ्कट समाधानका लागि वार्ता र कुटनीतिमा जोड दिँदै भारत संयुक्त राष्ट्रको महासभामा भएको मतदानमा तटस्थ बसेको थियो । आफ्नो आधिकारिक धारणामा पनि भारतले क्षेत्रीय अखण्डताको महत्त्वको बारे चर्चा गरेको छ तर रुस वा युक्रेनको बारेमा ठोस अडान लिएको छैन । 

भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले भारतको स्वतन्त्र विदेश नीति स्वागतयोग्य रहेको बताउनुभएको छ भने अमेरिकाका वरिष्ठ कुटनीतिज्ञ डोनाल्ड लूले वाशिङ्टनले युक्रेनबारे भारतको स्पष्ट अडान बुझ्ने प्रयास गरिरहेको बताउनुभएको छ । 

मस्कोबाट भारतले झन्डै ५० प्रतिशत रक्षा सामग्री आयात गर्छ । साथै रुस र भारत विश्वव्यापी मामिलामा भरपर्दो साझेदार हुन् । त्यसैगरी अमेरिकासँग पनि भारतको सम्बन्ध पछिल्ला दुई दशकदेखि बढ्दो क्रममा छ । 

युक्रेनबारे भारतको अडानलाई लिएर वाशिङ्टन र मस्कोबाट आएका फरक–फरक बयानले भारतको चुनौती प्रस्ट्याउने विश्लेषकलाई उद्धृत गरी बीबीसीले जनाएको छ । दिल्ली सामु पश्चिमा देश र रुस दुवैसँगको रक्षा र कुटनीतिक सम्बन्ध सन्तुलनमा राख्नुपर्ने अवस्था देखापरेको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया