रुसमा आजदेखि बैंकका भिजा र मास्टरकार्डको सेवा बन्द, रुस–युक्रेनबीच ११ औँ दिन पनि लडाइँ चल्दै

 फागुन २२, २०७८ आइतबार १५:१०:३६ | एजेन्सी
unn.prixa.net

बैंकसँग सम्बन्धित भिजा र मास्टरकार्ड कम्पनीले आज आइतवारदेखि रुसमा सेवा बन्द गरेका छन् । विश्वव्यापी विद्युतीय भुक्तानी सञ्जाल भएका भिजा र मास्टरकार्ड कम्पनीले रुसमा सेवा बन्द गरेका रोयटर्सले जनाएको छ । 

रुसमा दर्ता भएका भिजा र मास्टरकार्ड आजदेखि रुस र रुसबाहिर पनि चल्ने छैनन् । युक्रेनमाथिको आक्रमण रोक्नका लागि दबाब दिन सेवा बन्द गरेको कम्पनीले जनाएको छ । भिजा इन्क र मास्टरकार्ड इन्क अमेरिकी कम्पनी हुन् । भिजा र मास्टरकार्डको निर्णयलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वागत गर्नुभएको रोयटर्सले जनाएको छ । 

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको ११ औँ दिन आज पनि राजधानी किएभ सहित विभिन्न सहरहरूमा आक्रमण भइरहेको छ । हिजो शनिवार अस्थायी युद्धविराम घोषणा गरिएका युक्रेनका दुई सहरमा पनि आक्रमण भइरहेको बीबीसीले जनाएको छ । कतिपय युक्रेनी सहरहरूका पानी र बिजुली सेवा बन्द भएका छन् । 

दुई देशबीच युद्ध सुर भएपछि झन्डै १५ लाख जना मानिस युक्रेनबाट विस्थापित भएका रोयटर्सले जनाएको छ । भोलि साेमवार रुस र युक्रेनका प्रतिनिधीबीच तेस्रो चरणको वार्ता हुँदैछ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया