सुन आयातमा राष्ट्र बैंकको कडाइ, अब दैनिक १० किलो मात्रै आयात गर्न पाइने

 फागुन २२, २०७८ आइतबार १५:४०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ । राष्ट्र बैंकले आज आइतवार निर्देशन जारी गर्दै दैनिक १० किलो मात्रै सुन आयात गर्न पाउने जनाएको छ । 

सुन आयातकै लागि ठूलो रकम विदेशिँदा विदेशी विनिमय सञ्चिति घट्न थालेपछि राष्ट्र बैंकले दैनिक २० किलोको कोटाबाट घटाएर १० किलोमा झारेको हो । 

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्न अनुमति पाएका निकायलाई आजै परिपत्र गरी सुन बिक्री वितरणसम्बन्धी कार्यविधि २०६८ को दफा (४) लाई संशोधन गरिएकाले त्यहीअनुसार गर्न निर्देशन दिएको छ ।

व्यवसायीले सुन आयातको कोटा बढाइदिन आग्रह गरिरहेका बेला राष्ट्र बैंकले भने उल्टै घटाइदिएको हो । 

यस्ताे छ निर्देशन–

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया