संसद् भङ्ग गरेर चुनावमा जानुपर्छ अनि ओलीले ‘हङ्गामा’ गर्ने ठाउँ नै रहँदैन : अध्यक्ष नेपाल

 फागुन २२, २०७८ आइतबार १६:१८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद् निरन्तर अवरोध हुने भए संसद् भङ्ग गरेर चुनावमा जानुपर्ने धारणा व्यक्त गर्नुभएकाे छ । आज बसेकाे प्रतिनिधि सभाकाे बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उहाँले यस्ताे बताउनुभएकाे हाे । 

संसद् चल्न नदिएर संसदलाई पङ्गु बनाइएको भन्दै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीको वितण्डालाई सामना गर्नका लागि संसद् भङ्ग गर्नुपर्ने बताउनुभयो । 

संसद भङ्ग गरिदिए केपी ओलीको हङ्गामा गर्ने ठाउँ नरहने उहाँको टिप्पणी छ । अध्यक्ष दाहालले भन्नुभयो, ‘हाउस चल्न पनि नदिने । केही गतिविधि गर्न पनि नदिने । हाउसलाई पङ्गु बनाउने, भत्ता खाने, हामीलाई पनि हैरान पार्ने । त्यस्तो हो भने त्योभन्दा पहिले पूरै संसदले नै अब केपी ओलीको बितन्डाको सामना गर्नलाई यसलाई भङ्ग गरिदिने । न संसद् रहन्छ । न हङ्गामा गर्ने ठाउँ नै रहन्छ, चुनावमा जाने ।’ 

आजकाे बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवराेधलाई निरन्तरता दिएकाे थियाे । यसैबीच प्रतिनिधि सभाको अर्को बैठक यही फागुन २९ गते आइतवार दिउँसो १ बजेका लागि बोलाइएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • अन्ङार

    March 7, 2022, 7:04 a.m.

    वाह नेता ज्यु , कति राम्रो बिचार राख्नु भयो , मजा आयो त्यसो भय अब के पि ओलि प्रतिगमन कारी रहेनन हैन त ,बरु तपाईं र तपाईं को गठबन्धन प्रतिगामी र सम्सद चलायेर नैतिक भ्रट्चार गर्ने भ्रट्चारी हुनु भयो ,धिक्कार छ तपाईं लाई र यो ब्यबस्था लाइ

  •  0 Reply

तपाईको प्रतिक्रिया