रुसले युक्रेनका स्वास्थ्य संस्थामा पनि आक्रमण गरिरहेको छ : विश्व स्वास्थ्य सङ्गठन

 फागुन २२, २०७८ आइतबार १९:२:५३ | एजेन्सी
unn.prixa.net

डब्ल्यूएचओ प्रमुख

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युक्रेनका स्वास्थ्य संस्थाहरूमा आक्रमण भइरहेको बताएको छ । डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले रुसी फौजले युक्रेनका स्वास्थ्य संस्थाहरूमा आक्रमण गरिरहेको बताउनुभएको रोयटर्सले जनाएको छ । उहाँले आक्रमणबाट युक्रेनको स्वास्थ्य प्रणालीमा गम्भीर असर गर्ने चेतावनी पनि दिनुभएको छ । 

युक्रेनकी एक उपप्रधानमन्त्री ओल्हा स्टेफानिश्न्याले पनि रुसी सेनाले युक्रेनी सहरहरूका अस्पताल र शिशु कक्षहरूमा गोलाबारी गरेका बताउनुभएको बीबीसीले जनाएको छ । 

यसैबीच युक्रेनको मरिपोलमा फेरि युद्धविराम घोषणा भएको छ । स्थानीय समयअनुसार आइतवार बिहान १० बजेदेखि राती ९ बजेसम्मका लागि युद्धविरामको घोषणा भएको बीबीसीले जनाएको छ । हिजो युद्धविरामको सहमति भएको केही समयमै रुसले बमबारी गरेपछि मरिपोलमा फसेका सर्वसाधारणकाे उद्धार कार्य रोकिएको थियो । 

स्थानीय समयअनुसार दिउँसो १२ बजेदेखि निर्धारित बाटो हुँदै सर्वसाधारण सहरबाट बाहिरिन सक्ने रुसी सेनाले जनाएको छ । तर समय सुरु भएको एक घण्टासम्म पनि सर्वसाधारणको उद्धारमा समस्या भइरहेको युक्रेनका अधिकारीहरूले बताएका छन् । एक घण्टादेखि प्रयास गर्दा पनि बस र कारहरू अघि बढ्न नसकेका बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया