युक्रेनमाथि रुसकाे आक्रमण रोकिएन, आत्मसमर्पण गर्न पुटिनकाे आग्रह

 फागुन २३, २०७८ सोमबार ६:४५:२७ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

युक्रनमाथि रुसको आक्रमण अझै रोकिएको छैन । राजधानी किएभ नजिकै भएको विस्फोटमा परेर एक आमासहित दुई बालबालिकाको ज्यान गएको छ ।

रुसले बमबारी गरेपछि डराएकाहरु  देश छोडेर भाग्न थालेका छन् । तर, उनीहरुले भाग्नका लागि प्रयोग गर्ने पुलमा रुसले बम खसालेको छ ।

युक्रेनी सेनाले उनीहरुलाई सुरक्षित ठाउँमा पुर्याउन सहयोग गरिरहेका बीबीसीले जनाएको छ । युक्रेनमा अस्थायी युद्ध विरामको घोषणा गरिए पनि युद्ध रोकिएको छैन ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सीले किएभको दक्षिण पश्चिम सहरमा रहेको विमानस्थल पूरै ध्वस्त भएको बताउनु भएको छ । उहाँले युक्रेनमा नो फ्लाइ जोन अर्थात कुनै पनि उडान गर्न नपाउने क्षेत्र घोषणा गर्न अपिल गर्नुभएको छ ।

उहाँले नागरिकलाई बचाउनु विश्वका नेताहरुको मानवीय दायित्वसमेत भएको बताउनु भएको छ । तर, नेटो देशले अहिलेसम्म युक्रेनमा नो फ्लाइ जोन घोषणा गरेको छैन ।

यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई आत्मसमर्पण गर्न आग्रह गर्नुभएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानसँगको टेलिफोन वार्तामा राष्ट्रपति पुटिनले युक्रेनमाथिको आक्रमण त्यतिबेला रोकिन्छ, जति बेला युक्रेनले लडाइँ छोडेर रुसको आग्रहलाई मान्छ भन्नुभएको खबरमा उल्लेख गरिएको छ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया