महिला उद्यमीलाई प्रवर्द्धन गर्दै हात्तीसारमा हाट बजार सम्पन्न

 फागुन २३, २०७८ सोमबार १४:४२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – महिला उद्यमीलाई प्रवर्द्धन गर्दै माया मनोर बुटिक होटल हात्तीसारमा दुई दिने 'विमेन लेड हाट बजार' सम्पन्न भएको छ ।

फागुन २१ र २२ गते दिउँसो १ बजेदेखि बेलुकी ७ बजेसम्म चलेको हाट बजारमा महिला व्यवसायीका ४० वटा स्टल रहेका थिए । पर्यटन व्यवसायी तृषाग्नी शाक्यसँगै द पार्क बजारका सञ्चालक विशेषता श्रेष्ठ र निमा शेर्पा मानन्धरले तीन वर्षदेखि हाटबजार सञ्चालन गर्दै आएका छन् ।

महिलाहरूको व्यवसाय प्रवर्द्धन आयोजना गरिएको हाट बजारमा फरक क्षमता भएका र बेचबिखनमा परि उद्धार गरिएका महिलाले निर्माण गरेका गहनाको बिक्रेता काश्य, मैथिली कलासहितका सामग्री बिक्रेता मिथिला हाउस, घरपालुवा जनावरका लागि बनाइएका ढाकाको कपडा बिक्री गर्ने ढ्व, फ्लेभर्ड दहीको बिक्रेता मिठो डेरी, रेज एन्ड नट्स लगायत स्टल रहेका थिए ।

अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा आयोजना गरिएको दुई दिने हाट बजारमा पहिलो दिन युवा पुस्ताको उत्साहजनक सहभागिता रहेको आयोजक तृषाग्नी शाक्यले बताउनुभयो । मार्च महिलाहरूको ऐतिहासिक महिना भएकाले हाट बजार आयोजना गरिएको उहाँको भनाइ छ । कार्यक्रमको दोस्राे दिन हिजाे आइतवार नारीवाद सम्बन्धी अभिनयात्मक कविता प्रस्तुतिसमेत गरिएकाे आयोजक विशेषता श्रेष्ठले बताउनुभयो । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया