चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै – हिजाे आइतवार सामान्य घटेकाे शेयर बजार परिसूचक नेप्से आज साेमवार सामान्य बढेको छ । नेप्से आज एक दशमलव ५४ अङ्कले बढेर दुई हजार पाँच सय ४४ दशमलव ९३ विन्दुमा पुगेको छ ।
आज बैंकिङ, होटल, निर्जीवन बीमा, उत्पादन र अन्य समूहको शेयर सामान्य बढेको छ । जीवन बीमा, व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर भने घटेको छ ।
आज दुई सय ३० वटा कम्पनीका ५३ लाख १५ हजार कित्ता शेयर दुई अर्ब ६० करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको २७ करोड ६९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज बुद्धभूमि नेपाल हाइड्रोको शेयर झन्डै ६ प्रतिशत र बोटलर्स नेपालको शेयर साढे पाँच प्रतिशतले बढेको छ । सबैभन्दा धेरै पाँचथर पावर कम्पनीको शेयर झन्डै सात प्रतिशतले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।