माओवादी केन्द्रीय समितिमा युवालाई प्राथमिकता, अखिल (क्रान्तिकारी) का ६ पूर्वअध्यक्ष अटाए

 फागुन २३, २०७८ सोमबार १७:२७:८ | रासस
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले पार्टीमा भावी नेतृत्वसमेत तयार पार्ने उद्देश्यले युवालाई प्राथमिकताका साथ केन्द्रीय समितिमा समेटेको छ । काठमाण्डाैमा भइरहेकाे केन्द्रीय समितिको बैठकमा माओवादीले विद्यार्थी सङ्गठनका पूर्वअध्यक्ष तथा सहायक सङ्गठन वाईसीएल नेपालका अध्यक्षलगायत युवालाई केन्द्रीय समितिमा ल्याएको हो । 

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीमा युवा, प्रौढ र वृद्ध तीनै उमेर समूहको उचित प्रतिनिधित्व गराउने लक्ष्यका साथ युवालाई विशेष भूमिका दिइएको जानकारी गराउनुभएको थियो । अखिल (क्रान्तिकारी) का ६ जना पूर्वअध्यक्ष केन्द्रीय समितिमा अटाएका छन् । 

गएकाे पुसमा सम्पन्न आठौँ महाधिवेशनमा मनोनीत हुन बाँकी केन्द्रीय सदस्यमध्ये आज साेमवार ९७ जनाको नाम प्रस्ताव गरिएको थियो । केन्द्रीय समितिमा अटाएका युवा नेतामा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दीपक देवकोटा, विजय गौतम, रञ्जित तामाङ हुनुहुन्छ । यस्तै रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल र सन्तोष विष्टलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ ।

यस्तै शैलेन्द्र घिमिरे, दीपक कोइराला, इन्द्र गोतामे, सुदीप कुँवर र सूर्यमान दोङ पनि केन्द्रीय समितिमा समेटिनुभएको छ । शङ्कर दुलाल, ठाकुर विक, तेजबहादुर मिजार, घनेन्द्र बराइली र पदमबहादुर केन्द्रीय सदस्य बन्नुभएको छ । 

केन्द्रीय समिति बैठकबाट खुलातर्फ ५५ र समानुपातिकतर्फ ४२ जना गरी ९७ जना केन्द्रीय सदस्य थप गरिएको हो । दलित महिलाका तर्फबाट अनिता परियार, दलित महिला युवा सपना परियार, मुस्लिम पुरुष समूहबाट अतर हुसेन, रजि हैदर, कोहिद अन्सारी, इश्रार खान र मुस्लिम महिलाबाट शेखचाँद तारा केन्द्रीय समितिमा मनोनीत हुनुभएको छ । 

मधेसी पुरुष समूहबाट सूर्यनाथ यादव, अशोक जयसवाल, सत्यनारायण भगत, दिलीप शाह, उमेशकुमार यादव, रामसिंह यादव, राधेश्याम पासवान र शिवराम यादव केन्द्रीय सदस्यमा मनोनीत हुनुभएको छ ।   

मधेसी महिलाबाट निशा साह, इन्धु शर्मा, तारा महता, रूबी कर्ण, सुनिता महतो अनिता हरिजन र सोनिया यादव, खस आर्य महिला समूहबाट भेषकुमारी रावत, भवानी थापा, कञ्चन खनाल, गङ्गा दाहाल, कमला नहकी, करूणा बस्नेत र सीता आचार्य केन्द्रीय समितिमा मनोनीत हुनुभएको छ । 

केन्द्रीय प्रतिनिधितर्फ खस आर्य पुरुषमा रामनारायण बिडारी, विष्णु सापकोटा, हरि ज्ञवाली, टेकेन्द्र भट्ट, गोपाल शर्मा, खोपबहादुर कँडेल, झलक सिंह, डीपी ढकाल मनाेनीत हुनुभएकाे छ । जनजाति पुरुषमा कालीबहादुर मगर, खस आर्य महिलामा सुनिता गौतम, सावित्री बुढाथोकी, सरस्वती न्यौपाने, अमृता नेपाल र कृष्णा केसीलाई मनोनयन गरिएको छ । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया