चन्द्रागिरि नगर अस्पतालमा 'भेन्टिलेटर' सेवा सञ्चालनमा आउने
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले धेरै नाफा कमाउने रियल स्टेट अर्थात् घरजग्गा व्यवसायमा संलग्न कम्पनीहरूलाई शेयर बजारमा समावेश गराइने बताउनुभएको छ । काठमाण्डौमा आज साेमवार भएको पत्रकार सम्मेलनमा उहाँले घरजग्गा कम्पनीहरूलाई बुक विल्डिङबाट आईपीओ जारी गर्न दिएर पुँजी बजारमा ल्याउने बताउनुभयो ।
अध्यक्ष हमालले घरजग्गा कारोबार गर्ने कम्पनीहरू नेप्सेमा आए बोर्डले सहजीकरण गर्न तयार रहेको बताउनुभयो । उहाँले नेपालमा सरकारलाई राजस्व तिर्ने १२ सयभन्दा धेरै कम्पनी नै नेप्सेमा सूचीकृत नभएकाले त्यस्ता कम्पनीलाई नेप्सेमा समावेश गर्न बोर्डले सहजीकरण गर्ने योजना रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘रियल स्टेट कम्पनीहरूलाई पनि हामीले नेप्सेमा ल्याउनु छ । धेरै राजस्व तिर्ने १२ सयभन्दा धेरै कम्पनीहरू रहेका छन् । यस्ता कम्पनीहरू कमै मात्र समावेश छौँ । ठूला कम्पनी नेप्सेमा आउँदा लगानीकर्ताका लागि राम्रो हो । लगानीकर्तालाई जोखिम कम हुन्छ ।’
अध्यक्ष हमालले वित्तीय साक्षरता बढाउनका लागि क्यापिटल मार्केट सेन्टर नै खोल्ने तयारीमा बोर्ड लागेको पनि जानकारी दिनुभयो । नेपालमा नयाँ स्टक एक्सचेन्ज आवश्यक भए/नभएको विषयमा अध्ययन गर्नु जरुरी रहेको भन्दै उहाँले अर्को स्टक बजार निजी क्षेत्रको लगानीमा खोल्दा पारदर्शी हुने उल्लेख गर्नुभयो ।
अध्यक्ष हमालले विदेशमा रहेका नेपालीलाई आईपीओमा आरक्षण दिने विषयमा पनि अध्ययन भइरहेको जानकारी दिनुभयो ।
यस्तै उहाँले 'टी प्लस टु' मा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही गर्ने पनि बताउनुभयाे । उहाँले ब्रोकरहरूले लगानीकर्तालाई पैसा नदिने र अन्यत्र लगानी गर्ने गरेको पाइएमा तत्काल कारबाही गर्ने बताउनुभयो । साना लगानीकर्ताको हितमा बोर्डले काम गर्नुपर्ने अबको आवश्यकता भएको अध्यक्ष हमालको भनाइ छ । उहाँले कसैले पनि साना लगानीकर्तालाई अप्ठ्याराेमा पर्ने किसिमले नभएर साना लगानीकर्ताको हितमा काम गर्ने नियमावलीहरू बनाउनुपर्ने आवश्यक रहेको बताउनुभयो ।
अहिले लगानीकर्तालाई लागत बढी लागिरहेको स्वीकार गर्दै शुल्क घटाउने विषयमा अध्ययन गर्ने अध्यक्ष हमालले उल्लेख गर्नुभयो । अध्यक्ष हमालले कुनै पनि इन्साइडर ट्रेडिङ गरेको प्रमाणित भए तत्काल कारबाही गर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।