सर्वसाधारणको उद्धारका लागि रुसले प्रस्ताव गरेको करिडोर युक्रेनले अस्वीकार गर्‍याे

 फागुन २३, २०७८ सोमबार १८:४४:५९ | एजेन्सी
unn.prixa.net

सर्वसाधारणको उद्धारका लागि रुसले प्रस्ताव गरेको करिडोर युक्रेनले अस्वीकार गरेको छ । रुसले राजधानी किएभ सहित चार वटा सहरमा अस्थायी युद्धविराम घोषणा गर्दै सर्वसाधारणकाे उद्धारको लागि ६ वटा करिडोर प्रस्ताव गरेको छ । तर प्रस्ताव गरिएका करिडोरमध्ये चार वटा करिडोर रुस वा बेलारुस जान मात्र प्रयोग गर्न सकिने भन्दै युक्रेनले अस्वीकार गरेको हो ।

युद्धमा बेलारुसले रुसलाई सहयोग गरिरहेको छ । युक्रेनका उपप्रधानमन्त्री इर्यीना भेरेश्चुकले आफ्ना नागरिकलाई जानाजान बेलारुस वा रुस पठाउन नसक्ने बताउनुभएको बीबीसीले जनाएको छ । आक्रमण गरिरहेकै देशमा शरणार्थी पठाउने प्रस्ताव अनैतिक रहेको युक्रेनले बताएको छ । युक्रेनले सर्वसाधारणलाई रुसबाट टाढा पश्चिमी युक्रेनतिर जान बाटो खोलिदिनुपर्ने माग गरेको छ ।

यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भाेलिदमिर जेलेन्स्कीसँग सोझै कुरा गर्न रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गर्नुभएको छ । दुई नेताबीच भएको टेलिफोन वार्तामा मोदीले युक्रेनका राष्ट्रपति  जेलेन्स्कीसँग सिधै वार्ता गरेर समस्याको निकास खोज्न अनुरोध गर्नुभएको रोयटर्सले जनाएको छ ।

रुसले युक्रेनमा जमिन, आकाश र समुद्र सबै मार्गबाट आक्रमण सुरु गरेको छ । रुसी फौजले राजधानी किएभमा ठूलो आक्रमणको चेतावनी दिएको समाचार संस्था एएफपीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया