युक्रेनका राष्ट्रपतिसँग सिधै वार्ता गर्न रुसी राष्ट्रपतिलाई भारतीय प्रधानमन्त्रीको आग्रह

 फागुन २३, २०७८ सोमबार १९:२६:५६ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग आज साेमवार कुराकानी गर्नुभएको छ । 

कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपतिसँग सिधै वार्ता गर्न सुझाव दिनुभएको छ । दुई नेताबीच भएको टेलिफोन वार्तामा मोदीले युक्रेनका राष्ट्रपति  जेलेन्स्कीसँग सिधै वार्ता गरेर समस्याको निकास खोज्न अनुरोध गर्नुभएको रोयटर्सले जनाएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरिरहेका बेला प्रधानमन्त्री मोदीले चिन्ता व्यक्त गर्दै युद्ध अन्त्य गराउने प्रयास स्वरूप राष्ट्रपति पुटिनसँग वार्ता गर्नुभएको हो । रुसका राष्ट्रपति पुटिनले युक्रेनका राष्ट्रपतिसँग वार्ता गरेमा समस्या समाधान हुने विश्वास पनि प्रधानमन्त्री मोदीले व्यक्त गर्नुभएको छ । 

भारतीय प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा उहाँहरूका बीचमा झन्डै ५० मिनेट कुराकानी भएको उल्लेख गरिएको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया