रुखमा डेरा बनाएर पढ्ने धनकुमारलाई विद्यालयले दियाे 'वर्ष चर्चित विद्यार्थी' को उपाधि

 फागुन २४, २०७८ मंगलबार १९:१३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – कोभिड–१९ को महामारीका बेला रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागी बनेर चर्चा कमाएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरलाई वर्ष चर्चित विद्यार्थीको उपाधि प्रदान गरिएकाे छ । आफू अध्ययनरत विद्यालयले मगरलाई वर्ष चर्चित विद्यार्थीको उपाधि प्रदान गरेको हाे । 

सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययनरत छात्र मगरलाई कोभिड–१९ को महामारीका समयमा विद्यालय बन्द हुँदा रुखमा टाँड बनाएर भर्चुअल कक्षामा सहभागी भएकामा प्रोत्साहन स्वरूप विद्यालयको ६२ औं वार्षिकोत्सवको अवसरमा वर्ष चर्चित विद्यार्थी–२०७८ को उपाधि प्रदान गरिएको हो । 

महामारीको कठिन समयमा रुखमा डेरा बनाएर पढाइमा सहभागी बनेर अन्य बालबालिकालाई सिकाइप्रति प्राेत्साहित गरेकाले छात्र मगरलाई ‘वर्षोत्कृष्ट पपुलर एण्ड मोटिभेशनल’ विद्यार्थीका रूपमा पुरस्कृत गरिएको सरस्वती माविका प्रधानाध्यापक नवीन चाम्लिङले बताउनुभयो । 

गएकाे साउनमा कोभिड महामारीका कारण भौतिक उपस्थितिमा पठन–पाठन गर्ने अवस्था नभएपछि नगरपालिकाको निर्देशनअनुसार विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दा छात्र मगर घर नजिकैकाे रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सामेल भएका थिए । छात्र मगर घर वरपर मोबाइल डाटा चल्ने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी भएको प्रअ चाम्लिङले बताउनुभयो ।

 सम्बन्धित समाचार

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Netraraj Bam

    March 12, 2022, 4:42 a.m.

    पचालझरना गाउँपालिका कालिकोट

  •  0 Reply

तपाईको प्रतिक्रिया