ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
रुपन्देही – गृह मन्त्री बालकृष्ण खाणले एमसीसी देशको हितमा हुँदाहुँदै पनि यसबारे अनेक भ्रम फिँजाइएकाले कार्यकर्ताले यसबारे जनतामाझ प्रष्ट पार्नुपर्ने बताउनुभएको छ । उहाँले एमसीसीबारे जनतामा फैलाइएको भ्रम चिर्न कार्यकर्तालाई आग्रहसमेत गर्नुभएको छ ।
नेपाल प्रेस युनियन रुपन्देहीले स्थापना गरेको जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा आज मङ्गलवार रुपन्देहीको मणिग्राममा गृह मन्त्री खाणले एमसीसी अनुमोदन गरेकै कारण चुनावमा हुने क्षतिलाई रोक्नका लागि मतदातामाझ प्रष्ट पार्नु जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा होस्, कांग्रेस एमसीसीको पक्षमा उभिएर संसदबाट अनुमोदन गर्न सफल भयो ।’
गृह मन्त्री खाणले सञ्चारकर्मीलाई पनि एमसीसीबारे सत्य उजागर गर्न आग्रह गर्दै सरकारमा रहेका दल र तिनका नेताहरूले नै एमसीसीबारे भ्रम फैलाएको बताउनुभयो । उहाँले संसद्ले अनुमोदन गरेको व्याख्यात्मक घोषणामा एमसीसीमै भएकै कुरा उल्लेख भएको स्पष्ट पार्नुभयो । गृहमन्त्री खाणले आउँदो चुनाव कांग्रेसले नजित्ने हो भने देश अँध्यारो युगतर्फ प्रवेश गर्ने बताउँदै भन्नुभयो, ‘लोकतन्त्रको रक्षा र नागरिक तथा प्रेस स्वतन्त्रताका लागि पनि कांग्रेसको जित आवश्यक छ ।’
उहाँले राजनीतिको मूलधार बाहिर रहेका शक्तिलाई पनि संविधान स्वीकार गरेर मूलधारमा आउन आग्रह गर्नुभयो । सरकार त्यस्ता शक्तिसँग पनि सहकार्य गर्न तयार रहेको बताउँदै उहाँले मूलधारमा नआएका शक्तिलाई पनि अहिले सरकारले सुरक्षाको प्रबन्ध गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुनै हालतमा सरकारले निषेध नगर्ने भन्दै सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनमा कुनै संशोधन आवश्यक भए पनि सरकार त्यसका लागि तयार रहेको बताउनुभयो ।
यसअघि आजै गृहमन्त्री खाणले रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मूल कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । त्यस अवसरमा गृहमन्त्री खाणले विद्यालयमा निर्माण भएको १२ कोठे तथा ६ कोठे दुई वटा भवन र एचएम ल्याबको उद्घाटन गर्नुभयो । नमुना विद्यालय अनुदान सहयोग र आन्तरिक स्रोतबाट ती भवन निर्माण गरिएको हो । यसैगरी मन्त्री खाणले १६ कोठे भवनको शिलान्यास र विद्यालयको वार्षिक मुखपत्र ‘नानी’को पनि विमोचन गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।