रुस र युक्रेनबीच एक दिने युद्धविरामको सहमति, ६ मार्गबाट सर्वसाधारणको उद्धार हुँदै

 फागुन २५, २०७८ बुधबार १८:३८:४५ | एजेन्सी
unn.prixa.net

तस्बिर : फर्स्ट पाेस्ट

रुस र युक्रेनबीच एक दिने युद्धविरामको सहमति भएको छ । स्थानीय समयअनुसार आज बुधवार बिहान ९ बजेदेखि भाेलि बिहीवार बिहान ९ बजेसम्म युद्धविराम गर्ने सहमति भएको युक्रेनका अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । 

यो युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित क्षेत्रबाट भाग्न समय प्राप्त भएको छ । उत्तर–पश्चिममा इरपिन र बुचालगायत राजधानी वरपरका क्षेत्रहरूमा रहेका नागरिकहरूलाई रुसी सेनाको बमबारीबाट बच्न किएभमा सारिने बताइएको छ । 

हिजो पनि सुमीबाट ६० वटा बसले सर्वसाधारणलाई बाहिर निकालेको थियो । अहिले ६ वटा मार्गबाट सर्वसाधारणको उद्धार भइरहेको बीबीसीले जनाएको छ । 

सुमी सहरमा रुसले ठूला आक्रमण गरिरहेको छ । गए राति भएको हवाई आक्रमणमा सुमीमा २२ जना सर्वसाधारणको ज्यान गएको बीबीसीले जनाएको छ । 

संयुक्त राष्ट्र सङ्घीय शरणार्थी एजेन्सी (यूएनएचसीआर) ले युक्रेन शरणार्थीहरूको सङ्ख्या २२ लाख जनासम्म पुगेको अनुमान गरेको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया