रुसले युक्रेनमा ‘रासायनिक/जैविक अस्त्र’ प्रयोग गर्न सक्ने अमेरिकाको दाबी

 फागुन २६, २०७८ बिहिबार ९:३५:४८ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

रुसले युक्रेनमा रासायनिक वा जैविक अस्त्र प्रयोग गर्न सक्ने अमेरिकाले दाबी गरेको छ । ह्वाइट हाउसले रुसले युक्रेनमा रासायनिक अस्त्र प्रयोग गर्न सक्ने भन्दै विश्व समुदाय सतर्क रहनुपर्नेमा जोड दिएको छ ।

युक्रेनमा रासायनिक अस्त्र विकास भएको रुसको दाबीलाई ह्वाइट हाउसले अनर्गल प्रचार गरिएको टिप्पणी समेत गरेको बीबीसीले जनाएको छ । यसअघि रुसी साझेदार बसर अल–असदको सिरियाली सरकारले त्यहाँ भएको आक्रमणका घटनामा रासायनिक हतियार प्रयोग गरेको पाइएको थियो ।

रुसमाथि आफ्ना विपक्षीलाई विष दिएर हत्या प्रयास गरेको आरोप पनि लाग्दै आएको छ । रासायनिक अस्त्र प्रयोगलाई अन्तर्राष्ट्रिय मानवीय कानुनले प्रतिबन्ध गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया