भारत विधान सभा चुनाव : मतगणना चलिरहँदा कुन दलकाे स्थिति कस्ताे ?

 फागुन २६, २०७८ बिहीबार १४:०:८ | एजेन्सी
unn.prixa.net

भारतका पाँच वटा राज्यमा विधान सभाका लागि भएको मतदानको मतगणना चलिरहेको छ । उत्तर प्रदेश, पन्जाब, मणिपुर, गोवा र उत्तराखण्डमा अहिल मतगणना चलिरहेको हो । 

उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर र गोवामा भइरहेको मतगणनामा सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) अघि देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

पन्जाबमा भने अरविन्द केजरीवालको आम आदमी पार्टीले जित्ने देखिएको छ । 

मतणना चलिरहँदा प्रमुख प्रतिपक्षी कांग्रेस आईले भने हार बेहोर्ने देखिएको छ । 

ताजा मतणनाअनुसार कडा प्रतिस्पर्धा हुने ठानिएकाे उत्तर प्रदेशमा भाजपा २ सय ५४ सिटमा अग्रता बनाएको छ । त्यस्तै समाजवादी पार्टी एक सय १३ सिटमा अघि देखिएको छ । यस्तै कांग्रेस र बहुजन समाजवादी पार्टी समान तीन–तीन सिटमा अघि देखिएका छन् । 

पन्जाबमा आम आदमी पार्टी ९१ सिटमा अघि देखिँदा सत्तारुढ बीजेपी मात्र दुई सिटमा अघि छ । यस्तै कांग्रेस १७ र शिरोमणि अकाली दल (एसएडी) ६ सिटमा अघि देखिएको छ । 

६० सिट भएको मणिपुरमा बीजेपी २३ सिटमा अघि देखिएको छ । त्यस्तै कांग्रेस दुई सिटमा अघि देखिँदा अन्य १७ सिटमा अघि छ । 

४० सिट भएको गोवामा बीजेपी १८ सिटमा अघि देखिँदा कांग्रेस र अन्य समान ११–११ सिटमा अघि देखिएका छन् । 

७० सिट भएको उत्तराखण्डमा बीजेपी ४१ सिटमा अघि देखिँदा कांग्रेस २६ सिटमा अघि छ । यस्तै अन्य तीन सिटमा अघि देखिएका छन् । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया