रुस र युक्रेनका विदेश मन्त्रीको वार्ता निष्कर्षविहीन, आत्मसमर्पण नगर्ने युक्रेनको अडान

 फागुन २६, २०७८ बिहीबार १६:३७:६ | एजेन्सी
unn.prixa.net

रुस र युक्रेनका विदेश मन्त्रीबीचको वार्ता विना निष्कर्ष सकिएको छ । टर्कीको अन्टाल्यामा रुसी विदेश मन्त्री सर्गेइ लाभरोभ र युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाबीच आज बिहीवार भएको वार्तामा कुनै प्रगति नभएको बीबीसीले जनाएको छ । 

वार्तापछि बोल्दै रुसी विदेश मन्त्री लाभरोभले रुस युक्रेनमा मानवीयताको रक्षार्थ तयार रहेको पुरानै दाबी दोहोर्‍याउनुभएको छ । उहाँले युक्रेनले कसैकाे उक्साहटमा नलागी आफ्नो निर्णय आफैँ गरोस् भन्ने रुसी चाहना रहेको बताउनुभएको खबरमा उल्लेख छ । लडाइँ भइरहेका सहरबाट नागरिकलाई बाहिर निकाल्नका लागि रुसले सहयोग गरिरहेको विदेश मन्त्री लाभरोभको भनाइ छ । 

यस्तै वार्तापछि बोल्दै युक्रेनका विदेश मन्त्री कुलेबाले वार्तामा कुनै प्रगति नभएको र आफूहरूले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने अडान दोहोर्‍याएकाे बताउनुभयो । ‘म दोहोर्‍याउन चाहन्छु, युक्रेनले कहिल्यै आत्मसमर्पण गरेन, गर्दैन र गर्ने पनि छैन’, कुलेबाले भन्नुभएको छ । 

रुसले आफ्नाे देशमा युद्धविराम गर्नुपर्ने र सेना फिर्ता गर्नुपर्ने युक्रेनको अडान रहेको छ । तर वार्तामा मावनीय समस्याको समाधान खोज्ने सम्भावनाका विषयमा भने सकारात्मक छलफल भएको र थप वार्ताका लागि दुवै पक्ष तयार रहेको युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाले बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया