भारत विधान सभा चुनाव : ५ राज्यमा कसकाे सरकार बन्दै छ ?

 फागुन २६, २०७८ बिहीबार १९:४०:४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एपी

भारतका पाँच वटा राज्यमा विधान सभाका लागि भएको मतदानको मतगणना चलिरहेको छ । उत्तर प्रदेश, पन्जाब, मणिपुर, गोवा र उत्तराखण्डमा अहिले मतगणना चलिरहेको हो । 

यी पाँच राज्यको विधान सभा चुनावको नतिजा अबको केही घण्टामा आउने भारतीय सञ्चारमाध्मयले जनाएका छन् । अहिलेसम्मको गणनामा उत्तर प्रदेश, उत्तराखण्ड, गाेवा र मणिपुरमा सत्तारुढ भारतीय जनाता पार्टी (बीजेपी) को सरकार बन्ने देखिएको छ । 

पन्जाबमा भने आम आदमी पार्टीले भारी बहुमतका साथ सरकार बन्ने देखिएको छ । भ्रष्टाचारविरोधी आन्दोलनबाट भारतको राजधानी दिल्लीमा सरकार बनाउन सफल आम आदमी पार्टीले पन्जाबमा सरकार बनाउने देखिएको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा लिएको विकास र सुशासनलाई पन्जाबका नागरिकले प्रश्रय गरेका हुन् । 

भारतको चुनाव आयोगका अनुसार कुन राज्यमा कुन पार्टीको स्थिति कस्तो छ त ?

उत्तर प्रदेश

उत्तर प्रदेशको चार सय तीन विधान सभा सिटमा बीजेपीले दुई सय ५१ सिट जित्ने देखिएको छ । उसले ३३ सिट जितिसकेको छ भने दुई सय १८ सिटमा अग्रता लिइरहेको छ । यस्तै समाजवादी पार्टी एक सय १५ सिट जित्ने देखिएको छ । उसले तीन सिट जितिसकेको छ भने एक सय १२ सिटमा अग्रता लिइरहेको छ । बहुजन समाज पार्टीले एक र प्रमुख प्रतिपक्ष कांग्रेस आईले भने दुई सिट जित्ने देखिएको छ । अपना दल (सोनेलाल) ले १२ सिट जित्ने देखिएको छ ।

पन्जाब

पन्जाबको एक सय १७ विधान सभा सिटमा आम आदमी पार्टीले ९२ सिट जित्ने देखिएको छ । उसले ८३ सिट जितिसकेको छ भने नौ सिटमा अग्रता लिइरहेको छ । त्यस्तै कांग्रेसले १८ सिट जित्ने देखिएको छ । उसले १४ सिट जितिसकेको छ भने चार सिटमा अग्रता लिइरहेको छ । शिरोमणि अकाली दलले तीन र बीजेपीले दुई सिट जित्ने देखिएको छ । 

उत्तराखण्ड

उत्तराखण्डको ७० विधान सभा सिटमा बीजेपीले ४७ सिट जित्ने देखिएको छ । उसले २० सिट जितिसकेको छ भने २७ सिटमा अग्रता लिइरहेको छ । यस्तै कांग्रेसले १९ सिट जित्ने देखिएको छ । उसले ६ सिट जितिसकेको छ भने १३ सिटमा अग्रता लिइरहेको छ । यहाँ बीएसपीले दुई सिट जित्ने देखिएको छ । 

गोवा

गोवमा ४० विधान सभा सिटमध्ये बीजेपी २० सिट जितेर सरकार बनाउन गइरहेको छ । यहाँ कांग्रेसले ११ सिट जित्न सक्ने देखिएको छ । आम आदमी पार्टीले पनि यहाँ दुई सिट जित्ने देखिएको छ । 

मणिपुर

मणिपुरको ६० विधान सभा चुनावमा बीजेपीले २९ सिट जित्ने देखिएको छ । उसले १६ सिट जितिसकेको छ भने १३ सिटमा अग्रता लिइरहेको छ । यहाँ कांग्रेसले चार र जनता दल युनाइटेडले सात सिट जित्ने देखिएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया