दिल्लीको विकास र सुशासनका कारण आम आद्मी पार्टीले पञ्जाबमा पायो दुई तिहाइ मत

 फागुन २७, २०७८ शुक्रबार ९:२४:४९ | एजेन्सी
unn.prixa.net

भारतको दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालले गरेको विकास र सुशासनको कारण आम आद्मी पार्टी आपले पञ्जाबमा दुई तिहाइ मत पाएको छ । बिहीवार सम्पन्न विधान सभाको मतगणना अनुसार पञ्जाबमा आपले दुई तिहाइ सिट जितेको छ ।

१ सय १७ सदस्यीय पञ्जाब विधान सभामा आपले ९२ सिट जितेको छ । दिल्लीमा जस्तै गरिब नागरिकलाई शिक्षा, स्वास्थ्य, खानेपानी र बिजुली नि:शुल्क दिने, भ्रष्टाचार अन्त्य गर्ने र पञ्जाबको विकासलाई नयाँ मार्गबाट अघि बढाउने घोषणा गरेका आम आद्मी पार्टीका संयोजक अरविन्द केजरीवालको वाचालाई पञ्जाबका नागरिकले सजिलै विश्वास गरेका छन् । अब पञ्जाबमा कलाकारिता क्षेत्रबाट राजनीतिमा आएका आम आद्मी पार्टीका भगवन्त सिंह मान मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

पञ्जाबमा आम आद्मीका युवा र नयाँ उम्मेदवारले कांग्रेस र अन्य दलका अग्रज र पुराना मानिएका नेताहरुलाई पराजित गरेका छन् । पञ्जाबका मुख्यमन्त्री चरणजित सिंह चन्नी, पूर्वमुख्यमन्त्री अमरिन्दर सिंह, पूर्व क्रिकेटरसमेत रहेका पञ्जाब कांग्रेसका अध्यक्ष नवजोत सिंह सिद्धु लगायतका नेताहरु आम आद्मीका उम्मेदवारसँग पराजित भएका छन् ।

पञ्जाबमा अघिल्लो पटक सरकार बनाएको कांग्रेस अहिले १८ सिटमा सीमित भएको छ । यस्तै उत्तर प्रदेशमा भारतीय जनता पार्टी भाजपाकै सरकार दोहोरिने भएको छ । उत्तर प्रदेशमा चार सय तीन सिटमध्ये भाजपाले दुई सय ७४ सिट जितेको छ । अखिलेश यादव नेतृत्वको समाजवादी पार्टीले एक सय २४ सिट जित्यो भने कांग्रेस दुई सिटमै सीमित हुन पुग्यो ।

उत्तराखण्डमा पनि भाजपाले नै बहुमत ल्याएको छ । त्यहाँ भाजपाले ४८ र कांग्रेसले १८ सिटमा जित हात पारेकाे छ। मणिपुरमा पनि ६० सिटमध्ये भाजपाले ३२ सिट ल्याएको छ । गोवामा ४० सिटमध्ये भाजपाले २० सिट जितेको छ, तर सरकार बनाउन भाजपालाई एक सिट नपुग्ने भएकाे छ। 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया