ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काभ्रेपलाञ्चाेक - वाग्मती प्रदेश सरकारले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा रहेकाे पिन्थलीबाट महाभारत गाउँपालिकाको घर्तीछाप, गोकुले हुँदै हेटौँडा जोड्ने सडककाे लागि ५० करोड रुपैयाँ छुट्याउने निर्णय गरेको छ ।
प्रदेश राजधानी हेटौँडा जोडिने सडक स्तरोन्नतिका लागि मात्र दुई अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अध्ययनबाट देखिएको छ । डाँडापारि क्षेत्रमा रहेकाे याे सडक आयोजना क्रमागत बनाइ प्रदेश सरकार तथा सङ्घीय सरकारबाट थप बजेट ल्याउने विषयमा छलफल अघि बढाउने महाभारत गाउँपालिकाको योजना छ । ६४ किलोमिटर लामो यस सडकको पिन्थलीतर्फबाट गाउँपालिकाको केन्द्र घर्तीछापसम्म अर्को बजेटबाट ६७ करोड रुपैयाँ बजेटबाट स्तरोन्नति भइरहेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयो ।
उहाँका अनुसार थप दुई अर्ब १० करोड रुपैयाँले मात्रै काभ्रेको क्षेत्रभित्र पर्ने ६४ किमी सडक पक्की गर्न सकिने अध्ययनले देखाएको छ । स्तरोन्नतिका लागि प्रदेश सरकारबाट विनियोजित हुने सडकको ‘ट्र्याक’ मात्रै खोलिएको छ । ट्र्याक मात्रैको कच्ची सडकमा वर्षाका समय गाडी नचल्ने भएकाले स्तरोन्नतिसहित पक्की गर्न केही वर्षदेखि प्रदेश सरकारसँग बजेट माग गर्दै आएको बताइन्छ।
प्रदेशमा रहेका युवा तथा खेलकुदमन्त्री रत्न ढकालले याे सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षको बजेटबाटै ५० करोड रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय भएको बताउनुभयो । 'यो सडकका लागि लामो समयदेखि बजेट माग गरिरहेका थियौँ, बल्ल विनियोजन गर्ने निर्णय भएको छ', उहाँले भन्नुभयो ।
याे सडक मकवानपुरको वाग्मती गाउँपालिकाको केन्द्र जुरजुरेमा रहेकाे धरान–चतरा (मदन भण्डारी) लोकमार्गमा जोडिनेछ । काभ्रेपलाञ्चोकको दक्षिणीतर्फको महाभारत पर्वत शृङ्खलापारि अवस्थित डाँडापारि क्षेत्रलाई प्रदेश राजधानी हेटौँडासँग जोड्ने पक्की सडक नहुँदा आवतजावतमा सास्ती हुने गरेकाे छ । जिम्बाले सडक राम्रो भए डाँडापारिका क्षेत्रका मात्र नभइ दोलखा, रामेछाप, सिन्धुपाल्चोकको नागरिकसमेत लाभान्वित हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, 'अहिले जिल्लाको जनप्रतिनिधिसमेत राजधानी पुग्न अर्को जिल्ला भएर जानुपर्ने बाध्यता रहँदै आएको छ ।' यसैबीच, याे सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गर्ने निर्णयपछि वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले काभ्रेपलाञ्चोकबाट हेटौँडा जोड्ने सडकसँगै वाग्मती खोलामा निर्माणाधीन १६५ मिटर लामो पुल तथा महाभारत गाउँपालिकाको घर्तीछापसम्मको सडकको गएकाे हप्ता निरीक्षण गर्नुभएको थियो । ११ करोड रुपैयाँमा सम्झौता भएको पुलको अहिलेकाे १२ प्रतिशत मात्रै काम भएको छ ।
'पुलकाे निर्माणकार्य पाँच वर्षअघि सुरु भएको रहेछ, पुलको कामलाई निरन्तरता दिन निर्माणकर्तालाई अल्टिमेटम दिइसकेका छौँ, अब यही बाटो भएर हेटाैँडा जान निकै सजिलो हुन्छ', मुख्यमन्त्री पाण्डेले भन्नुभयो । उहाँका अनुसार पिन्थली–महाभारत–घर्तीछाप–गोकुले सडक खण्डलाई थप बजेटका लागि अर्को आर्थिक वर्षमा क्रमागत योजना बनाइनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।