ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
साेसल नेटवर्किङ साइट फेसबुकले ‘रुसी आक्रमणकारीहरू’ को विरुद्ध हिंसात्मक भाषणलाई अनुमति दिने नियम ल्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
फेसबुकको नियमअनुसार कुनै पनि प्रकारको गाली, हिंसात्मक भाषण या आपत्तिजनक भाषणलाई अनुमति हुँदैन । फेसबुकमा यी सबै कुरा प्रतिबन्धित छ तर युक्रेनलाई समर्थन गर्न फेसबुकले यसबारेमा केही खुकुलो गरेको हो । अब प्रयाेगकर्ताहरूले युक्रेनमाथिकाे आक्रमणलाई लिएर रुसको विरुद्ध बोल्न सक्ने र उसकाे विरोध जनाउन सक्नेछन् ।
यसअघि फेसबुकले रुसमा विभिन्न विषयमा कडाइ गरेको थियो । त्यसपछि रुसले फेसबुकमाथि कडा कारबाही गर्दै आफ्नो देशमा फेसबुकमाथि पूर्णरूपमा प्रतिबन्ध लगाएको थियो । रुसको सेन्सरशिप एजेन्सी रोसकोम्नाडजोरले फेसबुकमाथि रुसी मिडियालाई भेदभाव गरेको आरोप लगाएको थियो ।
युक्रेनमाथि आक्रमण सुरु गरेयता रुसमाथि विश्वका विभिन्न देश र कम्पनीहरूले दबाब दिइरहेका छन् । अमेरिका र उसका सहयोगी देशहरूले रुसमाथि विभिन्न किसिमका प्रतिबन्ध लगाइसकेका छन् । यस्तै ठूला कम्पनीहरूले रुसमा आफ्नो कारोबार बन्द गरेका छन् । यी कम्पनीहरूले युक्रेनलाई समर्थन गर्न पहल गरिरहेका छन् ।
यस्तै अर्काे साेसल नेटवर्किङ साइट इन्स्टाग्राममा पनि रुसविरु्द्ध हिंसात्मक भाषणलाई अनुमति दिइएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।