बाेटलर्स नेपालविरुद्ध साढे ७ अर्ब रुपैयाँ कर छली मुद्दा

 फागुन २७, २०७८ शुक्रबार १६:३७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले बोटलर्स नेपालविरुद्ध सात अर्ब ४३ करोड रुपैयाँभन्दा धेरै बिगो दाबी गर्दै पुँजीगत लाभ कर छलीको मुद्दा दायर गरेको छ । 

राजस्व अनुसन्धान विभागले आज शुक्रवार उच्च अदालत पाटनमा बाेटलर्सविरुद्ध सात अर्ब ४३ करोड ६३ लाख आठ सय २२ रुपैयाँ बराबरको कर तथा बिगो दाबी मुद्दा दायर गरेको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिनुभयो ।

बोटलर्स नेपालविरुद्ध पुँजीगत लाभकर छलीमा विभागले अनुसन्धान गर्दै आएको थियो । बोटलर्स नेपाल लिमिटेडको आधाभन्दा बढी स्वामित्व एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा पुँजीगत लाभ कर छलेको आरोप छ ।  

बालाजु औद्योगिक क्षेत्रमा रहेकाे बोटलर्स नेपाल लिमिटेडका सञ्चालक, प्रबन्ध निर्देशक, आर्थिक कारोबार लेखा परीक्षणको मुख्य जिम्मेवारीमा रहेका १७ जनालाई प्रतिवादी कायम गरी राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेकाे हाे । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया