आयातसँगै व्यापार घाटा बढ्यो

 फागुन २८, २०७८ शनिबार ६:५२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आयात बढेसँगै व्यापार घाटा चुलिएको छ । व्यापार घाटा १० खर्ब १५ अर्ब ८१ करोड बराबर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको सात महिनामा कुल वस्तु व्यापार घाटा ३८ दशमलव ४ प्रतिशतले बढेको छ । आर्थिक वर्षको समीक्षा अवधिमा निर्यात आयात अनुपात ११ दशमलव ५ प्रतिशत पुगेको छ । सात महिनाको कुल वस्तु आयात ४२ दशमलव ८ प्रतिशतले बढेर ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बराबर पुगेको छ।

भारतबाट ३१ प्रतिशत, चीनबाट ४२ दशमलव ३ प्रतिशत र अरु देशबाट ८३ दशमलव ८ प्रतिशतले आयात बढेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ । पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, गाडी तथा पाटपुर्जालगायतका सामानको आयात बढेको छ ।

निर्यातको मात्रा पनि केही बढेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको सात महिनाको अवधिमा वस्तु निर्यात ८८ दशमलव ३ प्रतिशतले बढेर एक खर्ब ३१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।

भारततर्फको निर्यात ११३ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात भने १२ दशमलव ४ प्रतिशतले घटेको छ । अरु देशतर्फको निर्यात पनि २७ दशमलव ७ प्रतिशतले बढेको छ । नेपालबाट पाम तेल, सोयाबिन तेल, पिना, धागो, जुसलगायतका वस्तुको निर्यात बढेको छ । अलैँची, चिया, जडीबुटीको निर्यात भने घटेको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया