तेस्रो विश्व युद्ध हुन नदिन संयमता अपनाएका छाैँ : बाइडेन

 फागुन २८, २०७८ शनिबार ७:४१:३७ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस र नेटो सेनाबीच सिधै युद्ध भए तेस्रो विश्व युद्ध सुरु हुने निश्चित रहेको बताउनु भएको छ । उहाँले तेस्रो विश्व युद्ध हुन नदिनका लागि पनि आफूहरु संयमित रहेको बताउनु भएको छ ।

उहाँले उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका सदस्य देशले युक्रेन र रुसबीच भइरहेको युद्धलाई संयमित भएर रोक्ने प्रयास गर्ने पनि बताएका बीबीसीले जनाएको छ ।

बाइडेनले रुसले युक्रेनमाथि आक्रमण बढाउँदै लगे अमेरिकासहित पश्चिमा देशले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउँदै जाने र एकदिन रुस एक्लै हुने पनि बताउनु भएको छ ।  रुसले नेटो देशलाई विभाजन गर्न खोजेको समेत राष्ट्रपति बाइडेनको आरोप छ ।

यसैबीच, रुसले सामाजिक सञ्जाल बन्द गर्ने चेतावनी दिएको छ । आफूविरुद्ध हिंसा भड्काउने सामग्रीहरु निरन्तर प्रकाशित हुन थालेको भन्दै रूसको राष्ट्रपति कार्यालयले फेसबुक र इन्स्टाग्रामलाई बन्द गरिदिने चेतावनी दिएको हो । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया