आफ्नै तागतमा चुनाव जित्ने कुरा पार्टीकाे प्राथमिकतामा : प्रचण्ड

 फागुन २८, २०७८ शनिबार १४:२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो स्थानीय तहको चुनावमा आफ्नै तागतमा चुनाव जित्ने कुरालाई पार्टीले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

नुवाकोटमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले गठबन्धनका दलहरुबीच तालमेलको कुरालाई स्वीकार गर्ने तर पहिलो प्राथामिकता आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने प्रयास हुने बताउनुभयो । उहाँले गठबन्धनका दलहरु बाहेक चुनावी तालमेल नगर्ने बताउनुभयो । उहाँले आफ्नो पार्टीले चुनावको कार्यक्रम, नीति र योजना बनाउने काम गरिरहेको भन्दै अहिले पार्टीको सबै ध्यान स्थानीय तहको चुनावमा केन्द्रित रहेको बताउनुभयो ।

स्थानीय तहको चुनाव आउँदो बैशाख ३० गतेको लागि तोकिएको छ । सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसका धेरैजसो नेताहरुले चुनावमा तालमेल नभइ छुटाछुटै उम्मेदवार उठाउनुपर्ने बताइरहेका छन् भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावमा तालमेल गर्ने सहमती भइसकेको दाबी गर्नुभएको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया