पेट्रोलियम पदार्थको खपत घटाउन उर्जामन्त्री भुसालको आग्रह

 फागुन २८, २०७८ शनिबार १७:४०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको खपत घटाउन आह्वान गर्नुभएको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्री भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएको भन्दै पेट्रोलियम पदार्थको खपत सकेसम्म घटाउन आह्वान गर्नुभएको हो ।

उहाँले अत्यावश्यक बाहेक सवारी साधन प्रयोग नगर्न तथा विद्युतीय सवारी तथा उपकरणहरुको प्रयोग बढाउन आग्रह गर्नुभयो । उहाँले विद्युत् सस्तो भएको र खाना पकाउने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेको भन्दै आफ्नै देशमा उत्पादित ऊर्जा प्रयोग गर्न आग्रह गर्नुभयो ।

ग्याँसको सट्टा विद्युतीय चुल्हो प्रयोग गर्न उहाँको आग्रह छ । अहिले पनि पेट्रोलियम पदार्थ घाटामा बेचिरहेको र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढिरहेकोले अहिलेका लागि प्रयोग घटाउनु महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

विद्युतको माग धान्न सक्ने अवस्थामा रहेको, मूल्य समायोजन गरेको र विद्युतको प्रयोगमा सहुलियतका विभिन्न व्यवस्था रहेको चर्चा गर्दै मन्त्री भुसालले सबैको पहलबाट पेट्रोलियम पदार्थको खपत घटाउन सकिने र यसबाट पेट्रोलियम पदार्थ नियमित प्राप्त गर्न सहज हुने बताउनुभयो ।

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया