फ्रान्सले ८० वर्षमाथिका व्यक्तिलाई कोरोनाविरुद्धको चौथो मात्रा खोप दिने

 फागुन २९, २०७८ आइतबार १६:३५:५१ | एजेन्सी
unn.prixa.net

फ्रान्सले ८० वर्षमाथिका व्यक्तिलाई कोरोना भाइरसविरुद्धको चौथो मात्रा खोप दिने भएको छ । फ्रान्सका प्रधानमन्त्री जीन कस्टेक्सले देशका अग्रज नागरिकको स्वास्थ्य अवस्थालाई ख्याल गरेर भोलि साेमवारदेखि कोरोना भाइरसको चौथो मात्रा खोप दिने बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । 

कोरोना भाइरसको बुस्टर मात्रा लगाएको तीन महिना पुगेका वृद्धवृद्धालाई चौथो मात्रा खोप दिइने खबरमा उल्लेख छ । पहिले ८० वर्षमाथिका नागरिकलाई चौथो मात्रा दिइने र त्यसपछि अरू नागरिकको बारेमा पनि निर्णय लिइने प्रधानमन्त्री कस्टेक्सले बताउनुभएको छ । 

यसैबीच फ्रान्सले सार्वजनिक ठाउँमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने नियम हटाएको छ । सरकारी कार्यालय, होटल/रेष्टुरेन्ट, सिनेमा हल लगायतका ठाउँमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गरिएकोमा अब यस्तो नियम हटाइएको छ । तर कमजोर र वृद्धवृद्धाको स्वास्थ्यलाई ख्याल गरेर अस्पताल र अवकाश घरहरूमा भने कार्डलाई अझै अनिवार्य गरिएको छ । 

फ्रान्समा भोलिदेखि विद्यालय र काम गर्ने ठाउँमा मास्क लगाउन अनिवार्य गरिने छैन । तर सार्वजनिक यातायातमा यात्रा गर्दा भने मास्क अनिवार्य लगाउनुपर्नेछ । 

तस्बिर : एजेन्सी

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया