प्रेस चाैतारी नेपालकाे अध्यक्षमा फेरि गणेश बस्नेत

 फागुन २९, २०७८ आइतबार १८:४३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – नेकपा एमाले निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत फेरि चयन हुनुभएको छ । 

गएको शुक्रवारदेखि पोखरामा भइरहेको प्रेस चौतारीको नवौँ राष्ट्रिय महाधिवेशनबाट बस्नेत अध्यक्षमा चयन हुनुभएको छ । बस्नेत यसअघि पनि सङ्गठनको अध्यक्ष हुनुहुन्थ्यो ।

यसैगरी प्रेस चौतारी नेपालले कार्यसमितिका पदाधिकारीहरू पनि चयन गरेको छ । सङ्गठनको उपाध्यक्षहरूमा गणेश पाण्डे, सविन प्रियासन, राजेश राई र देविका घर्ती मगर रहेका छन् । 

यस्तै महासचिवमा हिरामान लामा, तथा उपमहासचिवमा शुरोजंग पाण्डे र राजु सुवेदी चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा इन्द्र आचार्य चयन हुँदा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, विष्णु तारुके, लोग्सरी कुँवर र हरिवल्लभ नेपाल चयन भएका छन् । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया