रुसले रासायनिक हतियार प्रयोग गर्ने खतरा छ : नेटो प्रमुख

 फागुन २९, २०७८ आइतबार १९:४९:१५ | एजेन्सी
unn.prixa.net

उत्तर एटलान्टिक सैन्य गठबन्धन (नेटो) प्रमुखले रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिनुभएको छ । 

नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने र त्यो युद्ध अपराध हुने आज आइतवार जर्मन पत्रिकालाई दिएको अन्तर्वार्तामा बताउनुभएको हो । उहाँले रुस–युक्रेन युद्धमा रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने जोखिमबारे बोले पनि यसबारे संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् बैठकमा तर्कसङ्गत आधार प्रस्तुत नभएको रुसी स्रोतले बताएको छ ।

यसैबीच स्टोल्टेनबर्गले रुसले पछिल्ला दिनहरूमा युक्रेनले रासायनिक वा जैविक हतियार बनाइरहेको गलत सूचना फैलाएर आफूले त्यस्तो आक्रमणको तयारी गरेको हुन सक्ने जर्मन पत्रिकासँगको अन्तवार्तामा बताउनुभएको त्याे पत्रिकाले उल्लेख गरेको छ ।

रुसले गएकाे फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ । त्याे आक्रमणमा झन्डै एक हजार तीन सय युक्रेनी सैनिकको ज्यान गएकाे युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले बताउनुभएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया