सुडानमा भइरहेको हिंसा अन्त्यका लागि संयुक्त राष्ट्र सङ्घको आह्वान

 फागुन ३०, २०७८ सोमबार ८:९:१६ | एजेन्सी
unn.prixa.net

संयुक्त राष्ट्र सङ्घले सुडानमा भइरहेको हिंसा अन्त्यका लागि आह्वान गरेको छ । सुडानका लागि संयुक्त राष्ट्र सङ्घीय मिसनले केही दिनदेखि डार्फरमा भइरहेको हिंसाको तत्कालै अन्त्य हुनुपर्नेमा जोड दिँदै हिंसा अन्त्यका लागि आह्वान गरेको हो ।

हिंसाका कारण धेरै नागरिकको ज्यान गएको भन्दै यसको अन्त्य गरेर शान्तिपूर्ण प्रक्रियाबाट समस्याको समाधान खोज्नुपर्नेमा संयुक्त राष्ट्र सङ्घले जोड दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मिसनले सुडानका सबै दलहरुलाई हिंसा त्यागेर शान्तिपूर्ण वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो । यसअघि गएको हप्ता पनि संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटर्रेसले हिंसा अन्त्य गरेर संयुक्त राष्ट्र सङ्घको मध्यस्थतामार्फत  शान्ति स्थापना गर्न चाहेको बताउनुभएको थियो ।

सुडानमा राजनीतिक सङ्कट गहिरिँदै जाँदा आन्दोलन चर्किएको छ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया