प्रकाश सपुतको गीत ‘पिर’ लाई लिएर विवाद गर्न आवश्यक छैन : प्रचण्ड

 फागुन ३०, २०७८ सोमबार ९:३७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कलाकार प्रकाश सपुतको गीत ‘पिर’ लाई लिएर विवाद गर्नु नपर्ने बताउनु भएको छ ।

आज धनगढी विमानस्थलमा पत्रकारसँग उहाँले आफूले पूरै गीत हेर्न नभ्याए पनि मिडियाबाट थाहा पाएको भन्दै गीतलाई लिएर कोही आवेगमा आउन नपर्ने बताउनु भएको हो ।

शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्यो भनियो भने गलत हुने तर सशस्त्र द्वन्द्वका विषयमा केही टिप्पणी भने गर्न सकिने उहाँको भनाइ छ ।

सशस्त्र द्वन्द्वका विषयमा बहस भइरहने भएकाले यसबारे हुने तर्क/वितर्क, पक्ष/विपक्षलाई स्वाभाविक रूपले लिनुपर्ने प्रचण्डको भनाइ छ । प्रकाश सपुतको गीतले जनयुद्धको अवमूल्यन गरेको भन्दै माओवादीका एकथरी नेता कार्यकर्ताले विरोध गरिरहेको बेला प्रचण्डको यो भनाइ आएको हो ।

सशस्त्र युद्धमा सहभागी महिला छापामारहरु देह व्यापारमा संलग्न भएको दृश्य चित्रणप्रति आपत्ति जनाउँदै माओवादीका जनवर्गीय सङ्गठनका केही नेताले गीतको म्युजिक भिडियो युट्युबबाट हटाउन चेतावनी पनि दिएका छन् ।  

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • ठुलो मान्छे को ठुलो विचार

    March 14, 2022, 11:42 a.m.

    अरुबेला जे जस्तो बोलेपनि यसपालि गतिलो कुरा आयो कमरेड बाट।

  •  0 Reply

तपाईको प्रतिक्रिया