अमेरिकाले ‘विकृत सूचना’ फैलायो : चीन

 फागुन ३०, २०७८ सोमबार १४:८:४ | एजेन्सी
unn.prixa.net

बेइजिङले युक्रेन युद्धमा चीनको भूमिकाको बारेमा वाशिङ्टनले ‘विकृत सूचना’ फैलाएको आरोप लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आज सोमवार रोममा दुई देशका राजदूतहरू बीचको वार्ताअघि चीनकाे यस्ताे प्रतिक्रिया आएकाे हाे ।

रुसले चीनसँग सैन्य र अन्य सहायता मागेकाे अमेरिकी अधिकारीहरूकाे आराेपकाे खण्डन गरेकाे हाे । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भन्नुभयो, ‘अमेरिकाले युक्रेन मुद्दामा चीनलाई लक्षित गरी गलत सूचना फैलाउँदै आएको छ ।’ 

यसअघि रुसले चीनसँग सैन्य र अन्य सहायता माग गरेको अमेरिकी अधिकारीहरूले आरोप लगाएका थिए । वाशिङ्टनमा रहेकाे चिनियाँ राजदूतावासले भने त्यस्तो मागबारे थाहा नभएको बताएको छ ।

सञ्चारमाध्यमका अनुसार अमेरिकाले रुसलाई सहायता गरेमा चीनले त्यसको दुष्परिणाम भोग्ने चेतावनी दिएको छ । चीन र अमेरिकाबीच सोमवार वार्ता हुने बताइएको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया