रुस र युक्रेनबीच चौथो चरणको वार्ता सुरु, दुवैतर्फका अडान कायमै

 फागुन ३०, २०७८ सोमबार १८:३१:२४ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

रुस र युक्रेनबीच चौथो चरणको शान्तिवार्ता सुरु भएको छ । दुवै देशबीच भर्चुअल माध्यमबाट वार्ता भइरहेको बीबीसीले जनाएको छ । 

युक्रेनका वार्ता टोलीका एक सदस्य मिखाइलो पोडोल्याकले वार्तास्थलबाट एउटा तस्बिर सार्वजनिक गदै चौथो चरणको वार्तामा प्रवेश गरेको र दुवै पक्षले आफ्नो अडान कायमै राखेका बताउनुभएको बीबीसीले जनाएको छ । आजको वार्ता युद्धविराम, रुसी सेना फिर्ता र युक्रेनको सुरक्षा प्रत्याभूतिमा केन्द्रित हुने उहाँले बताउनुभएको छ । 

यसैबीच रुसले चीनसँग सैन्य सहयोग मागेको भन्ने अमेरिकी दाबीको चीनले खण्डन गरेको छ । बेइजिङमा भएको पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले रुस–युक्रेनको लडाइँमा चीनको भूमिकाबारे अमेरिकाले गलत नियत राखेर भ्रम फैलाइरहेको आरोप लगाउनुभयो । 

अमेरिकाले युद्धका लागि रुसले चीनसँग सहयोग मागेको भन्दै रुसलाई सहयोग गरे चीनले कठोर परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो । 

अन्तिम अपडेट: जेठ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया