ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
कैलाली – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षड्यन्त्र सुरु भएको बताउनुभएको छ । धनगढीमा आज साेमवार आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले नेकपा एमालेसँग पार्टी एकता गरेर गलत नगरेको बताउँदै पार्टी एकतापछि माओवादी आन्दोलनलाई समाप्त पार्न देशी–विदेशी शक्तिले षडयन्त्र सुरु गरेको बताउनुभयो ।
उहाँले माओवादी जनयुद्धको बलमा प्राप्त सङ्घीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिङअन्तर्गत षड्यन्त्र भएको बताउँदै केपी ओलीले ठूलो षडयन्त्रअन्तर्गत संसद् विघटन गरेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘विदेशी शक्ति, न्यायालय र प्रतिक्रियावादीको सेटिङले माओवादी नेतृत्वलाई सिध्याउने डिजाइन गर्नका लागि गरिएको षडयन्त्र थियो ।’ लाखौँको सङ्ख्यामा जनता आँधीहुरी जस्तै ओइरिएपछि देशी–विदेशी सेटिङ असफल भएको उहाँको भनाइ थियो ।
अध्यक्ष दाहालले माओवादी केन्द्रको निर्णायक भूमिकाले प्रतिगमन परास्त भएको बताउँदै दोस्रो पटकसमेत प्रतिगमनकारीले संविधानमाथि प्रहार गरेर संसद् विघटन भएकाले आफूले गठबन्धन निर्माणको पहल गरेको बताउनुभयो । चुनावमा एमालेसँग गठबन्धन गरेसँगै पार्टी एकता गरिएको बताउँदै उहाँले पार्टीलाई एकढिक्का बनाउन लड्दा लड्दै विभाजित हुन पुगेको बताउनुभयो । ‘पहिलो जोड आफ्नै तागतले चुनाव जित्ने गरी जानुपर्छ भन्ने हो’, उहाँले भन्नुभयो, ‘तालमेलको सम्भावना भयो भने गठबन्धनका दलसँगको तालमेललाई नै प्राथमिकता दिएर जाने हो ।’
अध्यक्ष दाहालले गठबन्धन दलका शीर्ष नेतृत्वले गठबन्धनलाई तीनै तहको चुनावसम्म अगाडि लिएर जाने कुरामा द्विविधामा नहरेको बताउनुभयो । उहाँले एमसीसी जस्ताको त्यस्तै पारित नगरि संशोधन गरेर पारित गरिएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।