गौतमबुद्ध विमानस्थलमा कुवेतकाे जजिरा एअरवेजले नियमित उडान गर्ने

 फागुन ३०, २०७८ सोमबार २०:१०:७ | रासस
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एअरवेजले पहिलो व्यावसायिक उडान भर्ने भएको छ ।

जजिराले आउँदाे जेठ २ गते (बुद्ध जयन्ती) देखि नियमित उडान गर्ने गरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको छ । प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार जजिराले दैनिक एक नियमित उडान गर्ने गरी निवेदन दिएको छ । जजिराले कुवेत–भैरहवा–कुवेत सिधा उडान गर्नेछ । जजिराले अहिले काठमाण्डाैमा समेत नियमित उडान गरिरहेको छ ।

भर्खरै यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) सम्पन्न भएको गौतमबुद्ध विमानस्थलमा आउँदाे वैशाख १ गते नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले परीक्षण उडान गर्नेछ ।

उपमहानिर्देशक कर्णले गौतमबुद्ध विमानस्थलमा वैशाख १ गते परीक्षण उडान भएपछि वैशाख ७ गतेदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान खुला गरिने जानकारी दिनुभयो । उहाँले व्यावसायिक उडानका लागि आवश्यक सबै तयारी पूरा भएको पनि बताउनुभयो ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया