युक्रेनको किएभमा शक्तिशाली विस्फोट, एउटा आवासीय भवनमा आगलागी

 चैत १, २०७८ मंगलबार १२:५:२६ | एजेन्सी
unn.prixa.net

युक्रेनको राजधानी किएभमा आज बिहान शक्तिशाली विस्फोट भएको छ ।

किएभको केन्द्र भागमा बिहान कम्तीमा तीन वटा शक्तिशाली विस्फोटको आवाज सुनिएको खबरमा उल्लेख छ। विस्फोटका कारण एउटा आवासीय भवनमा आगलागी भएको युक्रेनको सरकारी समाचार संस्था युक्रेन फोर्मले जनाएको छ।

विस्फोटपछि धुवाँको मुस्लो उडेको देखिएको छ । थप विवरण आउन सकेको छैन । वार्ताकैबीच पनि रुसले युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ । तर युक्रेनले प्रभावकारी रूपमा हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरेका कारण रुसी सेना त्यति धेरै अघि बढ्न नसकेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया