रुसको आक्रमणपछि युक्रेनका १४ लाख जना बालबालिका देश छाड्न बाध्य

 चैत १, २०७८ मंगलबार १८:१७:३० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ) ले रुसले युक्रेनमा गरेको आक्रमणका कारण १४ लाख जना बालबालिका शरणार्थी बनेको जनाएको छ ।

रुसले आक्रमण सुरु गरेको फेब्रुअरी २४ तारिखयता १४ लाख जना बालबालिकाले युक्रेन छाडेको युनिसेफलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । हिसाब गर्दा युक्रेनबाट हरेक एक सेकेन्डमा एक जना बालबालिकाले देश छाडिरहेको खबरमा उल्लेख छ ।

युनिसेफका प्रवक्ता जेम्स एल्डरले पछिल्ला केही दिन युक्रेनबाट हरेक दिन ७० हजार जना बालबालिकाले देश छाडेको र बालबालिकाका लागि यो सङ्कट दोस्रो विश्व युद्धपछिकै भयावह भएको बताउनुभएको छ ।

विस्थापित भएका बालबालिका पारिवारिक विछोड, हिंसा, यौन शोषण र बेचबिखनको जोखिममा रहेको भन्दै युनिसेफले चिन्ता पनि व्यक्त गरेको छ । शरणार्थी बनेका बालबालिकालाई सुरक्षा, स्थायित्व र संरक्षणका सेवाको असाध्यै धेरै आवश्यकता रहेको प्रवक्ता एल्डरले बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले अहिलेसम्म युक्रेनबाट ३० लाख जनाभन्दा धेरै मानिस विस्थापित भएका जनाएको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया