सोमालियामा खडेरीका कारण ६९ लाख मानिस प्रभावित, सहयोगका लागि आग्रह

 चैत २, २०७८ बुधबार ६:५०:१ | एजेन्सी
unn.prixa.net

सोमालिया सरकारले लामो खडेरीका कारण ६९ लाख भन्दा धेरै मानिस प्रभावित भएको भन्दै मानवीय सहयोगका लागि विश्व समुदायसँग अपिल गरेको छ ।

प्रधानमन्त्री मोहमद रोब्लेले एउटा विज्ञप्ति निकालेर खडेरीको अवस्था नाजुक हुँदै गएकाले सहयोग छिटो पुर्याउन दाताहरूलाई आग्रह गर्नुभएको समाचारसंस्था सिन्ह्वाले जनाएको छ । प्रभावित मध्ये २६ लाख मानिस एक छाक जुटान मुस्किल अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ । खडेरीका कारण ९५ लाख भन्दा धेरै पशुचौपाया प्रभावित भएका छन् ।

बितेको तीन वर्षदेखि सोमालियामा खासै पानी परेको छैन । सोमालियामा सन् २०११ को अनिकालपछि देशमा सबैभन्दा ठूलो खडेरीको सामना गर्नुपरेको प्रधानमन्त्री रोब्लेले बताउनुभएको छ । खडेरी प्रभावित क्षेत्रमा दादुरा र पखाला तथा हैजाका घटना बढ्दै गएको पनि उल्लेख गरिएको छ । सोमालियामा लामो खडेरीको मुख्य कारण जलवायु परिवर्तन भएको विज्ञहरुले बताएका छन् ।     
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया