जापानमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प : दुई जनाको ज्यान गयो, कम्तीमा ९० जना घाइते

 चैत ३, २०७८ बिहीबार ८:५६:३ | एजेन्सी
unn.prixa.net

जापानमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण दुई जनाको ज्यान गएको छ । कम्तीमा ९० जना घाइते भएका छन् ।

उत्तर पूर्वी जापानमा हिजो बेलुका ७ दशमलव ३ रेक्टरस्केलकाे भूकम्प गएको हो । भूकम्पपछि लगातार परकम्प आइरहेका छन् । राजधानी टोकियोमा पनि असर देखिएको बीबीसीले जनाएको छ।

भूकम्प प्रभावित क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको छ । अस्थायी रूपमा झण्डै २० लाख घरमा विद्युत् सेवा कटौती भएको छ । विद्युत् नियमित गर्न प्रयास भइरहेको छ । सरकारले क्षतिको विवरण सङ्कलन गरिरहेको जनाएको छ ।

सन् २०११ को शक्तिशाली भूकम्पले जापानमा सुनामी आएको थियो । फुकुशिमा आणविक प्लान्टलाई ध्वस्त बनाएको थियो भने प्लान्टबाट विकिरण चुहिएर विपत्ति निम्तिएको थियो ।
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया