अफगानिस्तानमा ७ महिनामा १ सय ८० मिडिया आउटलेट बन्द

 चैत ३, २०७८ बिहीबार १४:१८:५ | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा गएकाे सात महिनामा चार सय ७५ मध्ये एक सय ८० वटा मिडिया आउटले बन्द गरिएका छन् ।

गएकाे मङ्गलवार अफगानिस्तानको नेशनल हाउस अफ जर्नलिस्टले आफ्नो पछिल्लो सर्वेक्षणमा तालिबानले कब्जामा लिएपछि अफगान मिडिया आउटलेटहरू सबैभन्दा बढी प्रभावित भएको बताएको छ जसको परिणाम स्वरूप युद्धग्रस्त देशमा दुई सय ९० वटा मिडिया आउटलेट मात्र सक्रिय सञ्चालनमा छन् । झन्डै ६० प्रतिशत पत्रकार बेरोजगार छन् ।

अफगानिस्तानको नेशनल हाउस अफ जर्नालिस्टका प्रमुख सैयद यासिन मतीनले सञ्चारमाध्यमलाई व्यापक रूपमा बन्द गर्नुको कारण आर्थिक समस्या र देशमा पेसेवर मिडियाकर्मीहरूको पलायन भएको बताएका छन् ।

आर्थिक सङ्कट र अफगानिस्तानमा मिडियाको विदेशी समर्थनको रोक बाहेक अफगान पत्रकारहरूले उद्धृत जानकारीमा पहुँचको कमी हुनुलाई देशको मिडियाका लागि अर्को ठूलो समस्या भनिएको छ ।
अर्कोतर्फ अफगानिस्तानको इस्लामिक इमिरेट्सले यस्ता दाबीलाई अस्वीकार गर्दै आएको छ ।

उनीहरूले अफगानिस्तानमा मिडिया आउटलेटहरू बन्द हुनु भनेको उनीहरूका दाताहरूको अवरोधका कारण भएको बताएका छन् । उनीहरूले अफगान पत्रकार र मिडियालाई प्रतिबन्ध लगाएको अस्वीकार गरेको खामा प्रेसले रिपोर्ट गरेको छ ।

गएकाे वर्षको अगस्टमा अफगान सरकारको पतन र तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा मानव अधिकारको अवस्था झन् बिग्रिएको छ । देशमा द्वन्द्व समाप्त भए पनि मानव अधिकारको गम्भीर उल्लङ्घन भइरहेकाे छ । 

तालिबानले गैरन्यायिक मृत्युदण्ड, जबरजस्ती बेपत्ता, यातना, स्वेच्छाचारी नजरबन्द, महिला र बालिकाहरूको अधिकारको ठूलो रोलब्याक, सेन्सरशिप र मिडियाविरुद्ध आक्रमणहरूसहित मानव अधिकार उल्लङ्घन गरेको तथ्याङ्क सार्वजनिक भएका छन् । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया