भारतका रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – निर्वाचन आयोगले आउँदाे स्थानीय तह चुनावमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेकका ७३ वटा साना दललाई दलीय चुनाव चिह्न प्रदान गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय तहको चुनावमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेकका प्रतिनिधिले स्वेच्छिक चिह्न लिएर उठ्नुपर्ने प्रावधान थियो ।
आज बिहीवार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले याे जानकारी दिनुभएकाे हाे । ७३ वटा राजनीतिक दललाई आफ्नो दलको चुनाव चिह्न प्राप्त गर्नका लागि जिल्लास्तरको सङ्गठन संरचना जिल्ला समितिको विवरण २०७८ को चैत ६ गतेभित्र पेस गर्न पत्राचार गरिएको उहाँले बताउनुभयो ।
प्रवक्ता पौडेलले आउँदाे स्थानीय तह चुनाव २०७९ का लागि चुनावकाे समयमा निर्वाचन समितिको प्रतिलिपि २० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गर्न राष्ट्रिय बीमा संस्थानसँग हिजाे बुधवार सम्झौता गरिसकेको पनि जानकारी दिनुभयाे । बताउनु भयो ।
स्थानीय तह चुनावका लागि आवश्यक पर्ने मतदाता नामावली, मतदाता परिचयपत्र लगायतका निर्वाचन सामग्रीहरू छपाइका लागि आजदेखि ६ वटा प्याकेजमा ई–ब्रिडिङको माध्यमबाट खरिद गर्न पनि आयोगले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।