रूससँग वार्ताका लागि युक्रेनी राष्ट्रपतिका ६ वटा सर्त

 चैत ४, २०७८ शुक्रबार ६:४५:२६ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको शान्ति वार्ताका लागि ६ वटा सर्त अगाडि सार्नुभएको छ ।

राष्ट्रका नाममा सम्बाेधन गर्दै उहाँले युक्रेन शान्ति वार्ताका लागि तयार रहेको तर आफ्ना ६ वटा सर्त सम्बाेधन हुनुपर्नेमा जोड दिनुभयो ।

रूसले युद्ध अन्त्य गर्नुपर्ने युक्रेनको पहिलो सर्त रहेको छ । त्यसैगरी सुरक्षाको सुनिश्चितता, स्वाधीनता, क्षेत्रीय भौगोलिक अखण्डताको पुनर्स्थापना, देशको वास्तविक सुनिश्चितता र वास्तविक रूपमै देशको संरक्षण हुनुपर्ने राष्ट्रपति जेलेन्स्कीले बताउनुभयो ।

रूसले युक्रेनमा आक्रमण सुरु गरेको केही दिनपछि दुई पक्षका बीचमा शान्ति वार्ता सुरु भएको थियो । तर यसअघिका वार्ता परिणाममुखी हुन भने सकेनन् । गएको सोमवार चौथो चरणमा पछिल्लो वार्ता भएको थियो । रुसले गएको फेब्रुअरी २४ तारिखदेखि युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया