युक्रेनमा स्वास्थ्य संस्थामाथि रुसको आक्रमण बढ्यो : डब्ल्यूएचओ

 चैत ४, २०७८ शुक्रबार १०:८:८ | एजेन्सी
unn.prixa.net

युक्रेनमा स्वास्थ्य संस्थामाथि आक्रमण बढेको भन्दै विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेयता स्वास्थ्य संस्थालक्षित ४३ वटा आक्रमणका घटना भएका डब्ल्यूएचओले जनाएको छ। ती आक्रमणमा परि ज्यान गुमाउने र घाइते हुनेमा स्वास्थ्यकर्मी पनि रहेका छन् । तर पूर्ण विवरण खुलाइएको छैन।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले सुरक्षा परिषद् बैठकमा स्वास्थ्य संस्थामाथि गरिएको हमलाबाट अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भएको बताउनुभएको छ । आक्रमणका घटनाबाट अत्यावश्यकीय आपूर्ति पुर्याउन राष्ट्र सङ्घीय टोली विफल भइरहेको पनि उहाँले बताउनुभएको छ।

राष्ट्र सङ्घका अनुसार रुसले युक्रेनमाथि आक्रमण सुरू गरेयता अहिलेसम्म १९ सय जना मारिएका छन्। मारिनेमा ५२ जना बालबालिका रहेका राष्ट्र सङ्घलाई उदृत गरी बीबीसीले जनाएको छ । युक्रेनका विभिन्न सहरबाट पछिल्लो पटक झण्डै चार हजार नागरिकको उद्धार गरिएको छ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया