लाप्राक र बारपाकको विकासका लागि पहल गर्छु : अध्यक्ष नेपाल

 चैत ४, २०७८ शुक्रबार १९:५७:६ | रासस
unn.prixa.net

फाइल फाेटाे

गोरखा – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भूकम्पले क्षति पुर्‍याएका गोरखाको लाप्राक र बारपाकलगायतका क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

नेकपा (एकीकृत समाजवादी) पार्टी गोरखाले लाप्राकमा आज शुक्रवार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले लाप्राकसम्म सडकबाटो स्तरोन्नति, स्वास्थ्य, खानेपानी तथा बिजुलीको पहुँच पुर्‍याउन सम्बन्धित निकायमार्फत पहल गर्ने बताउनुभएको हो । 

लाप्राकको नमुनाबस्तीमा खानेपानीको अभाव भएको त्यहाँका नागरिकले गुनासो गरेपछि उहाँले काठमाण्डौ फर्किएर खानेपानी मन्त्रीलाई समस्याको जानकारी गराउने वचन दिनुभएको हो । ‘लाप्राकसम्म पुग्न सडकमा ढल, बाटो निर्माणको काम त भइरहेको छ’, उहाँले भन्नुभयो, ‘यसलाई अझै गति दिनुपर्ने आवश्यकता छ ।’ उहाँले लाप्राकसम्म नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन जडान छिटोभन्दा छिटो गर्नुपर्ने बताउनुभयो ।

विकासका लागि जनता पनि चनाखो हुनुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालले जोड दिनुभयो । ‘विकासका लागि सरकार र मन्त्रीलाई घचघच्याउने काम मेरो हो’, उहाँले भन्नुभयो, ‘तपाईँहरू पनि लाग्नुस्, सामूहिकतामा काम गर्न सकियो भने विकास सजिलै हुनसक्छ ।’ 

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया