ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ धौले पैँयुखर्कमा ‘एक घर, एक धारा’ निर्माण गरी उपभोक्तालाई हस्तान्तरण गरिएको छ ।
नगरपालिका र सेवक नेपाल संस्थाको साझेदारीमा धौले पैँयुखर्कमा २६ वटा धारा निमार्ण गरी पानी वितरण थालेको नगर प्रमुख डम्बर अर्यालले बताउनुभयो । नगरपालिकाको १३ लाख, सेवक नेपालको १० लाख १० हजार १९ रुपैयाँ जनश्रमदानबाट धारा निमार्ण गरिएको हो ।
धौले पैँयुखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत निर्मित खानेपानी आयोजनाबाट घरमै पानी झरेपछि स्थानीय बासिन्दा खुसी भएका छन् । वषौँदेखि भोग्दै आएको खानेपानीको समस्या पनि समाधान भएको उपभोक्ता समितिका अध्यक्ष लिलाबहादुर थापाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।