रुसको आक्रमणबाट युक्रेनी सहर मरिपोलका ८० प्रतिशत भवनमा क्षति, ४ लाख मानिस उद्धारको पर्खाइमा

 चैत ५, २०७८ शनिबार १५:४७:४१ | एजेन्सी
unn.prixa.net

रुसी सेनाको आक्रमणबाट युक्रेनको मरिपोल सहरका ८० प्रतिशत भवनहरु क्षतिग्रस्त भएका छन् । रुसी फौज मरिपोलको केन्द्रमा पुगेपछि अहिले ठूलो लडाइँ भैरहेको बीबीसीले जनाएको छ ।

मरिपोलमा कुनै सानो क्षेत्रमा पनि युद्धको प्रभाव देखिन बाँकी नरहेको मरिपोलका मेयर भाडिम बोइचेन्कोलाई उदृत गर्दै बीबीसीले जनाएको छ । रुसले बमबारी जारी राखेकोले सर्वसाधरणलाई सुरक्षित ठाउँमा पठाउन नसकिएको उहाँले बताउनुभएको छ ।

चार लाख भन्दा धेरै मानिस झण्डै दुई हप्तादेखि मरिपोलमा फसेका छन् । यसैबीच युक्रेनका राष्ट्रपति भलोमिदिर जेलन्स्कीले तत्काल अर्थपूर्ण वार्ता गर्न रुससँग आग्रह गर्नुभएको छ । जेलन्स्कीले गर्नुभएको भिडियो सम्बोधनमा रुसले गरिरहेको गल्तीबाट कम क्षति गराउने उपाय सकेसम्म चाँडो अर्थपूर्ण शान्ति वार्ता गर्न रहेको बताउनुभएको बीबीसीले जनाएको छ । युक्रेनी भूमिको अखण्डता र युक्रेनमा न्याय पुनस्र्थापनाका लागि यो भेटेर कुराकानी गर्ने समय रहेको जेलन्स्कीको भनाई छ । 
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया