कागज किन्ने पैसा नभएपछि श्रीलङ्कामा ४५ लाख विद्यार्थीको वार्षिक परीक्षा स्थगित

 चैत ५, २०७८ शनिबार १८:२९:५२ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

श्रीलङ्कामा कागज किन्ने पैसा नभएकोले विद्यालय तहको वार्षिक परीक्षा अनिश्चित कालका लागि स्थगित भएको छ । परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने कागज खरिद गर्न सरकारसँग पर्याप्त डलर नभएकोले झण्डै ४५ लाख जना विद्यार्थी सहभागी हुने विद्यालय तहको वार्षिक परीक्षा स्थगित गरिएको श्रीलङ्काका शिक्षा अधिकारीहरुलाई उदृत गर्दै अल जजिराले जनाएको छ ।

परीक्षा आउँदो सोमबारदेखि हुने तय भएको थियो । यो परीक्षा विद्यार्थीलाई माथिल्लो कक्षामा बढुवा अर्थात स्तरोन्नती गर्ने वा नगर्ने भन्ने निरन्तर मूल्यांकन प्रक्रियाको एउटा अंश हो । श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्र भएयताकै सबैभन्दा खराब आर्थिक संकट भोगिरहेको छ । विदेशी मुद्रा सञ्चितीको अभावले श्रीलङ्कामा खाद्यान्न, इन्धन र औषधिको समेत अभाव भैरहेको छ ।

सरकारले बिजुली बन्द गर्ने र दूधको धुलो, चिनी, दाल र चामलमा कोटाको व्यवस्था गरेपछि देशभर पसलहरुमा लामो लाइन लागेको छ । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपाक्षले बुधबार आर्थिक संकट र वैदेशिक ऋणबारे छलफलका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लाई अनुरोध गर्नुभएको थियो । आईएमएफले राजापाक्षको अनुरोधमाथि छलफल गरिरहेको बताएको छ । वैदेशिक ऋणको जालोमा फसेको श्रीलङ्कामा कोरोना महामारीको कारण चरम आर्थिक सङ्कट देखा परेको हो ।  
 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • BP Dhungana

    March 20, 2022, 11:40 a.m.

    लहडमा वहकिने र परराष्ट्र मामलालाई समेत खेलौना सम्झने नेताको हालिमुहाली हुदा देशको हालत के हुदो रैछ भन्ने प्रमाण सहितको उदाहरण कुनै समय दक्षिण एसियाको सवै भन्दा उन्नत आर्थिक अवस्था रहेको श्रीलङ्काको हालको अवस्था हेर्दा छर्लङ्ग हुन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया